एमसिसीबारेमा कुरा उठान नहुँदै नेकपा सचिवालय बैठक स्थगित

जेठ २७ गते,काठमाडौं
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कोअर्पोरेसन (एमसिसी) बारेमा कुरा नहुँदै नेपाल नेकपा सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तालाई कारण देखाउँदै मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। गत शनिबार प्रधानमन्त्री तथा अध्यक्ष समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलपछि मंगलबार बैठकको मिति तय भएको थियो । आजको बैठकमा अमेरिकी विकास सहयोग परियोजना बारेमा छलफल हुने तयारी थियो ।