स्थगित भएका परीक्षाबारेमा लकडाउनको मोडालिटीपछि आएपछि टुंगो लाग्ने ःशिक्षामन्त्री

जेठ २७,काठमाडौं
लकडाउनको मोडालिटी आएपछि एसईई लगायत परीक्षा अब छिटैनै टुंगो लाग्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन्। प्रतिनिधिसभा संसद बैठकमा मंगलबार सांसदहरूले राखेका प्रश्नमा जवाफ दिदै शिक्षामन्त्री पोखरेलले यो महिनाभित्रमा परीक्षाहरूबारे निर्णय हुने बताए ।
एसईई नभएकोले विद्यार्थीमा मनोवैज्ञानिक समस्या देखिएको र विद्यालयहरुमा क्वारेन्टाइन राखिएको अझै संक्रमित संख्या बढ्दै गएपछि सम्भव नभको बताए ।
एसईई परिक्षा खारेज गर्ने, विद्यालयलाई दिने, राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गर्ने गरी व्यवस्था मिलाउने जस्ता विकल्प छलफल भएका छन् । परीक्षाहरूबारे पर्याप्त गृहकार्य र छलफलबाट टुंगोमा पुगिने शिक्षा मन्त्रि पोखरेले बताउनु भयो ।