बालुवाटार प्रदर्शन गर्नेलाई पानीको फोहोरा र लाठीचार्ज

जेष्ठ २७, काठमाण्डौं
लकडाउनलाई व्यवस्थित र खुकुलो बनाउँदै कोरोना भाइरसको परीक्षण दायरा बढाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा हानेको छ ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास नजिकै लकडाउनलाई व्यवस्थित र खुकुलो बनाउन माग गरेका छन । कोरोना भाइरस महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गर्दै पानीको फोहोरा हानेको छ । निषेधित क्षेत्रमा प्रदर्शननमा उत्रेका प्रदर्शकारी लाई प्रहरीले लाठी पनि हानेको छ।
प्रदर्शनकारीहरुले कोरोना भाइरसको परीक्षण पिसिआर विधिबाट मात्रै गर्न, कोरोना नियन्त्रणमा भएको भनिएको १० अर्बको हिसाबसार्वजनिक गर्न, क्वारेन्टाइनहरु व्यवस्थित र सुरक्षित बनाउन माग गरेका थिए।