निगमको जहाज उडान शुरु,२६५ यात्रु बोकर जापान उड्दै

फिल्को मिसन

जेठ २७ गते, काठमाण्डौ
नेपाल नागरिक उड्ययन प्राधिकरणले चार्टर उडान नगर्न सूचना जारी गरेपनि सो सूचनाको उलंघन गरि यात्रु बोक्न शुरु गरेको छ । मंगलबार फेरि नेपाल वायुसेवा निगमको विमान जापान उड्न लागेको छ । निगम स्रोतका अनुसार २६५ यात्रु बोकेर निगमको वाइडबडी विमान जापानको नारिता उड्न लागेको छ ।
टिकटमा चर्को भाडा शुल्क असुलेर चार्टर फ्लाइट गरेको भन्ने गुनासो आएपछि प्राधिकरणले उडान गर्न रोक लगाएको थियो । तर प्राधिकरणको सूचनालाई एकातिर पन्छाउँदै चार्टर उडान हुने क्रम रोकिएको छैन ।
मंगलबार राति ९ बजेका लागि उडान तालिका तय भएको भएपनि उडानले अनुमति भने पाइनसकेको निगम स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस