थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,७२ जिल्लामा ४ जना हजार नाघ्यो

जेठ २५ गते, काठमाण्डौं
नेपालमा मंगलबार थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यसबारे बताइएको हो। जसमध्ये २९२ जना पुरुष र ३१ महिला रहेका छन् ।
थपिएका चितवन, धादिङ बागलुङ म्याग्दी तथा धनुषालगायत जिल्लाका छन्। मंगलबार थपिएका ३२३ संक्रममितसँगै नेपालम अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसरा हालसम्म ७२ जिल्लामा कोरोना फैलिइसकेको छ । योसँगै कूल संक्रमितको संख्या ४०८५ पुगेको भने मृत्यु हुनेको संख्या १४ पुगेको छ ।