कालिकोटमा टिप्पर कर्णालीमा खस्दा २ को मृत्यु, ६ जना बेपत्ता

फिल्को मिसन

जेठ २८ गते कालिकोट
कालिकोटको रास्कोटतर्फ जाँदै गरेको टिपर कर्णाली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ। भारतबाट आएका ३९ जना नागरिकलाई कालिकोटको लालिघाट बजारदेखि रास्कोट बजार लैजाँदै गरेको टिप्पर लालिघाट नजिकैको भीरबाट कर्णालीमा नदिमा खसेको प्रहरीले जनाकारी दिएका छन ।बिहान साढे १० बजे तिर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् भने ३ जना गम्भिर घाइते भएका जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबाबु वलियाले बताउनु भयो ।
उहाँले दुर्घटनामा शर्मिला सार्की र ठम्की सार्कीको मृत्यु भएका ३ जना गम्भिर घाइते भएका खबर दिनु भयो ।
प्रहरी प्रमुख वलियाले अन्य ११ जना घाइतेको कालिकोट अस्पतालमा उपचारका लागि लगिएको र दुर्घटनास्थलबाट २२ जनाको उद्दार गरिएको बताए । उनले बेपत्ताहरुको खोजी कार्य जारी राखेको बताए ।

प्रतिक्रिया दिनुहोस