हेलिकोप्टर लिएर मुख्यमन्त्री शाही पुगे टिप दुर्घटनास्थलमा

फिल्को मिसन

जेठ २८गते,कालिकोट
कालिकोटमा बुधबार भएको टिपर दुर्घटनामा घाइते उद्धारको लागि हेलिकोप्टर लिएर कर्णाली प्रदेशका मुख्यमन्त्री महन्द्रे शाही पुक्नु भएको छ । टिप्परमा जम्मा ३९ जना चढेकोमा दुर्घटानमा २ जना मृत्यु,६ जना बेपत्ता भएको नरहरी नाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिए।मृत्यु हुनेमा दुईजना महिला भएको रास्कोट नगरपालिकाका भएको अध्यक्ष विष्टले बताए । नरहरिनाथ गाउँपालिका १ कालीकोट लालीघाटस्थित आज घटेको अकल्पनीय र पिडादायी टिप्पर दुर्घटनाका घाईतेहरुको शीघ्र उद्धार तथा उपचारको लागि हेलिकोप्टर लिएर मुख्यमन्त्री शाहीे घटनास्थलमा पुगेका छन ।
घाईतेको उद्धारका लागि मुख्यमन्त्री शाही, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्त हेलिकोप्टर लिएर कालीकोटमा पुगेको खबर कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले मृत्युक रासकोट नगरपालिका १ का २३ वर्षीय शर्मिला सार्की र २५ वर्षीय थम्की सार्की रहेको बताउनुभएको छ ।
प्रहरी नायब उपरीक्षक ओलियाका अनुसार हराएका एक जना बाहेक अरु सबै सम्पर्क आईसकेको बताए । भारतबाट आएका ३९ जना यात्रु बोकेको ना.८.ख ५१३३ नम्बरको टिप्पर आज बिहान लालीघाटमा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस