व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राख्देै न्युरोडमा प्रदर्शनमा

जेठ २८गते, काठमाडौं
काठमाडौंको न्युरोड क्षेत्रका व्यवसायीहरु लामो समय बन्द हुँदा आर्थिक समस्या बढेको भन्दै न्युरोडमा प्रदर्शनमा उत्रिका छन । लामो समयदेखि लकडाउन हुँदा आफूहरू समस्यामा परेको भन्दै व्यवसायीहरुले जेठ २२ गतेदेखि पसल खोल्दै आएका थिए ।
सरकारले साना तथा ठूला व्यवसायीहरुले घरभाडा, बैंक तथा वित्तीय संस्थाको ब्याज र कर तिर्न सक्ने अवस्थामा नरहेकोले व्यवसाय सुचारु गर्न माग गरेका छन ।
सरकारले लकडाउनको मोडालिटी परिवर्तन नगर्ने र राहत प्याकेजको सुविधा पनि नदिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका कार्यसमिति सदस्य सुनिल अग्रवालले बताउनु भयो ।
व्यवसायीहरुले सरकारलाई लकडाउनको मोडालिटी परिवर्तन गरी सामाजिक दूरी कायम गर्दै सुरक्षाका विधिहरु अपनाई पसल खोल्न दिनुपर्ने दबाब रहेको छ । महासंघले दैनिक बिहान ४ घण्टा पसल खोल्ने निर्णय गरेपछि व्यसायीहरुले जेठ २२ गते देखि पसल खोलेका थिए।