काठमाण्डौं देखि लिमी सम्मको हवाई भाडा ४० हजार

फिल्को मिसन

जेठ २८ गते सिमकोट
काठमाण्डौ देखि हुम्लाको लिमी गाउँसम्मको लागि प्रति व्यक्ति ४० हजार महंगो हवाई भाडा तिरेका छन । विभिन्न कामकालागि शहरमा छिरेका हुम्लीहरु यतिखेर कोराना भाइरस संक्रमण बाट बाँच्नको लागि घरमा फिर्ता हुनेको संख्या बढेको छ ।
यातायातको अन्य विकल्प नभएपछि निर्धारित हवाई भाडा भन्दा यात्रुहरुले महँगो भाडा तिर्न बाध्य भएका हुन् । बुधबार विहना काठमाडौंदेखि सिता एयरले ७५ जना हुम्लाका लिमी गाउँका नागरिकले प्रति ब्यक्ति १५हजार ५ सय र सिमकोट देखि लिमी गाउँमा २५ हजार हवाई भाडा तिरेको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामाले बताए ।
काठमाडौं देखि सिमकोट विमानस्थल सम्म १५ हजार ५ सय र सिमकोट बाट लिमीसम्म हेलिकोप्टरमा प्रतिब्यक्ति पच्चीस हजार भाडा तिरेको नाम्खागाउँपालिका अध्यक्ष लामाले जानकारी दिए । फिस्टेल हेलिकोप्टरमा प्रति उडान पाँच जना दरले उडान भरेको छ ।
काठमाडौंमा पिसिआर चेक गर्दा रिपोर्ट नेगेटिभ आएपछि हुम्लाका नागरिक लाई हुम्लामा पठाउनको गरेको छ । उनीहरु सबैलाई सिमकोट टेक अप गर्ने बित्तिकै हेलिकोप्टरले लिमी उडान भरेको थियो ।
लिमीका तिनै गाउँका लागि सुनखानी क्वारेन्टिन ब्यबस्था गरिएको अध्यक्ष लामाले बताए । त्यसपछि चेकजाँच गरेर रिपोर्टका आधारमा घर फर्काउने ब्यबस्था गरिने नाम्खा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस