गाउँपालिकाले आफै भिटिएम किट खरिद गर्दे

फिल्को मिसन

जेठ २९ गते सिमकोट
सरकारले प्रर्याप्त भिटिएम किट उपलब्ध गराउन नसकेपछि सिमकोट गाउँपालिकाले आफ्नै पहलमा २ हजार थान भिटिएम किट खरिद गरेको छ ।
भारत लगायतका अन्य देशबाट र नेपाल भित्रबाट विभिन्न जिल्लाबाट आएका नागरिकहरुलाई क्वारेन्टीनमा राखिएको सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले बताउने भयो ।
पछिल्लो पटक सरकारले आरडिटि मात्रै परिक्षण गर्ने र पोजेटिभ देखिए मात्रै स्वाब संकलन गर्ने निति लिएपछि पिसिआर परिक्षण गर्न क्वारेन्टाईनमा बसेकाहरुले माग बमोजिम पहिलो पटक गाउँपालिकाले पहल गरेको हो । भिटिएम, संक्रमणको आशंका गरिएकाको व्यक्तिको नुमना अर्थात स्वाब संकलन गरि प्रयोगशाला सम्म पुगाउने सिमकोट स्वाथ्य शाँखा प्रमुख दानबाहदुर बोहरा बताउनु भयो ।
सिमकोट विमास्थमा २सय २५ जान र पदैलयात्रबा ८५ गरि ३ सय १० जना सिमकोट गाउँपालिकाका ९ वटा क्वारेन्टिनमा बसेका छन । सिमकोट गाउँपालिकामा सबैभन्दा धेरै मानिस काठमाण्डौं बाट र अन्य शहर बाट आएका छन् । जसका कारण पनि सिमकोटले आफनो वडामा रहेका विद्यालय क्वारेन्टाईन बनाएर व्यवस्थापन गर्दे आएको छ ।
उता ताँजकोट गाउँपालिकाले पनि जिल्ला बाहिर र भारतबाट आएकाहरु लाई कोरोना संक्रमण जाँच गर्नको लागि ५ सय वटा पीसीआरका लागि भिटिएम र २ सय आरडीटी किट खरिद गरेको छ ।
गाउँपालिकाले जिल्ला बाहिर बाट १सय ८१ जना र भारत ३३ जना आएका व्यक्तिहरु ६वटा क्वारेन्टिनमा व्यवस्था गरिएको ताँजकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताए

प्रतिक्रिया दिनुहोस