लकडाउन आजदेखि खुकुलो बनाउने सरकारको निर्णय

फिल्को मिसन

जेठ २९गते,काठमाण्र्डौ
नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले ८१ दिनदेखि आह्वान गरेको बन्दाबन्दी अर्थात लकडाउनको आदेश आजदेखि खुकुलो बनाएको छ ।
आजदेखि नै सुरक्षा अपनाएर व्यापार व्यवसाय सञ्चालन गर्न सकिने भएको छ । निजी सवारी साधन पनि चल्ने भएका छन् ।
असार १ गतेदेखि सरकारी कार्यालय पूर्ण रूपमा सञ्चालनमा ल्याउन सरकारको निर्णय छ । हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालय खोल्ने र आजदेखि नै लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन सुरु गर्नुका साथै अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

यी हुन् आजबाट खुल्ने सेवाहरु

१. स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत

२. औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी

३. पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण

४. फोहोरमैला व्यवस्थापन

५. विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा

६. बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा

७. सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य

८. कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य

९. उत्पादनशील उद्योग

१०. निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय

११. विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)

१२. निर्माण कार्य )निजीसमेत)

१३. नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण

१४. रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा

१५. क्वारेन्टिनका लागि तोकिएका होटल

१६. बिजुलीका सामान बिक्री र मर्मत

१७. विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप

१८. पुस्तक पसल तथा स्टेसनरी

१९. सबै प्रकारका ढुवानी सेवा २०. अत्यावश्यक सेवाका कार्यालय

२१. अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू

प्रतिक्रिया दिनुहोस