सरकारी कार्यालयको समय २ सिफ्टमा, बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म

जेठ २९ गते,काठमाण्डौ
बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गरिने भएको छ।
लकडाउन खुकुलो पार्दै लैजानेगरी सो निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले २ सिफ्टमा सञ्चालन गर्ने जनकारी दिए ।
सरकारी तथा गैरसरकारी संस्था, शिक्षण संस्था (पठनपाठन कार्य बाहेक), निजी तथा सार्वजनिक संस्थाहरु समेतका कार्यालयहरु संचालन गर्ने भएको छ ।
सञ्चार प्रविधिमन्त्री खतिवडाले पहिलो सिफ्ट बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चल्नेछ भने अर्को सिफ्ट दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म चल्ने बताए ।
कार्यालयमा भीडभाड नहुनेगरी काम सहज रुपमा सञ्चालन गर्नका लागि यस्तो व्यवस्था गरिएको उनले बताए। आगामी असार १ गतेदेखि सम्पूर्ण सरकारी कार्यालयहरु सिफ्टअनुसार नै सञ्चालन हुने भएको खतिवडाले बताए।