मोटरसाइकलमा एक जना र गाडीमा चालक सहित तीन मात्रै चढ्न पाइने

फिल्को मिसन

जेठ २९ गते,माठमाण्डौं
मोटरसाइकलमा एक जना र गाडीमा चालक सहित तीन मात्रै चढ्न पाउने गरि यात्रा गर्नमा रोक लगाइएको छ । काठमाण्डौं उपत्यका र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने भएको छ ।
मन्त्रिपरिषद बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गर्दै अर्थ, सूचना तथा संचार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन्।
पत्रकार सम्मेलनमा अर्थ र सञ्चारमन्त्री समेत रहेका खतिवडाले स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला गर्ने निर्णय भएको बताए ।

सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ भने उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको , सपिङ मल भने खोल्ने निर्णय भएको छैन खतिवडाले बताए । त्यसैगरी सरकारले बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला गर्ने सरकारी निर्णय छ ।

प्रतिक्रिया दिनुहोस