थप २५० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार ६सय १४ पुग्यो

जेठ २९,काठमाण्डौं
नेपालमा बिहीबार थप २ सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
विभिन्न जिल्लाबाट गरिएको परीक्षणमा २ सय ३० जना पुरुष र २० जना महिला गरी दुई सय ५० जनामा कोरोना पोजिटिभ भेटिएको छ । कोरोना सक्रमितको संख्या ं४ हजार ६ सय १४ पुगेको छ । यस्तै एक सय ८७ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या आठ सय ६१ पुगेको छ ।
अहिलेसम्म १ लाख १५ हजार ९ सय ३० जनाको पीसीआर र १ लाख ७८ हजार १ सय ४३ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १ लाख ६२ हजार १३ जना क्वरेण्टीनमा र ३ हजार ७ सय ३८ जनालाई आइसोलेशनमा राखिएको छ । कोरोना सक्रमण का कारण नेपालमा अहिलेसम्म १५ जनाको ज्यान गएको छ ।