लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउने सर्वोच्च अदालतको अन्तरिम आदेश

फिल्को मिसन

जेठ २९ गते,काठमाण्डौं

कर भुक्तानीको दबाबमा रहेका करदातालाई सर्वोच्च अदालतले राहत दिएको छ। सर्वोच्चको संयुक्त इजलासले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउने ब्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश अनिलकुमार सिन्हा र डा. मनोज शर्माको इजलासले बन्दाबन्दी खुलेको ३० दिनभित्र कर बुझाए हुने भनी अन्तरिम आदेश जारी गरेको हो । आन्तरिक राजस्व विभागले कर तिर्न जारी गरेको सूचना जेठ २० गतेबाट बढाएर असार पाँच पु¥याएको थियो ।

कर तिर्न ताकेता गरेको सूचनाले व्यवसायी मारमा परेको भन्दै अधिवक्ता सिर्जना अधिकारीलगायतले सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको थियो । सर्वोच्च अदालतले बन्दाबन्दी खुलेको मितिलाई प्रारम्भ विन्दुको रुपमा मान्नुपर्ने आदेश गरेको छ ।

यसअघिको फैसलामा सार्वजनिक यातायात खुलेपछिको अवस्थालाई बन्दाबन्दी खुलेको मानिने भनी व्याख्या गरेको थियो । यो आदेशमा भने त्यसबारे स्पष्ट खुलाइएको छैन । हिजोको सुनुवाइपछि भएको अन्तरिम आदेशको विवरण आज सर्वोच्च अदालतले सार्वजनिक गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस