कुवेतबाट २ सय ९९ जना नेपाली महिलामा आइपुगे

फिल्को मिसन

जेठ २९ गते,काठमाण्डौं
कुवेतबाट दुइ सय ९९ जना नेपाली महिला नेपाल आइपुगेका छन् । उनीहरुलाई नेपाली सेनाले प्रदेशगत रुपमा छुट्टाइएको होल्डिङ सेन्टर अर्थात आराम कक्षमा पु¥याएको छ । होल्डिङ सेन्टरबाट भने सम्बन्धित स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टाइन सेन्टरमा लगिने छ ।
जजिरा एयरलाइन्सको जे ९ १५४१ नम्बरको पहिलो उडानमा एकसय ५० जना र दोश्रो उडान नम्बर जे ९१५४३ जहाजमार्फत एक सय ४९ जना आएका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका निर्देशक एवम प्रवक्ता चन्द्रलालल कर्णले बताए ।

पहिलो उडान कुवेतको स्थानीय समयअनुसार बिहान चार बजे र दोस्रो उडान ६ बजे गरेको थियो । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जजिरा एयरलाइन्स चार घण्टा ४५ मिनेटपछि त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।
आज नेपाल आउनेहरु गैरकानुनी हैसियतमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदार हुन् । उनीहरुलाई गत अप्रिल २६ तारिखदेखि कुवेतले अस्थायी क्याम्प र डिर्पोटेसन सेन्टरमा राखेको थियो ।
सबै जनाको विमानस्थलमै स्वास्थ्य परीक्षण गरिएको कुवेत अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस