लकडाउनमा प्रदर्शन गरे ६ महिनासम्म थुन्ने गृहको चेतावनी

फिल्को मिसन

जेठ २९,काठमाडौं
देशव्यापी रूपमा सरकारविरूद्ध सडकमा प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ। देशका विभिन्न स्थानमा लकडाउन उलंघन गर्दै प्रदर्शन हुन थालेपछि सरकारले कडा नीति अख्तियार गर्ने भएको छ।
विभिन्न माग राखेर सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन गर्ने र शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्ति सहभागी गराउने, ज्ञापन पत्र दिन जाने जस्ता कामप्रति गृहले गम्भीर ध्यानाकर्षण गराएको छ ।
गृहप्रवक्ता केदारनाथ शर्माले लकडाउन उलंघन गरेर प्रदर्शन गर्नेमाथि सरकारले जरिवानादेखि जेल सजायसमेत गर्ने जनाएका छन्। शर्माले बन्दाबन्दीको उलंघन गरेर प्रदर्शन गर्नेमाथि सरकाले १ सयदेखि ६ सयसम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्ने बताए ।
नेपाल सरकारले जारी गरेको आदेशको अवहेलना गरेमा प्रमुख जिल्ला अधिकारीले ऐनले दिएको अधिकार प्रयोग गरी कारबाही गर्न बताएका छन । गृहले लकडाउन उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी दिँदै बिहीबार विज्ञप्ति निकालेको हो।

प्रतिक्रिया दिनुहोस