सर्लाहीमा सशस्त्र प्रहरीको गोली लागेर एक भारतीय नागरिकको मृत्यु

फिल्को मिसन

जेठ ३० गते, सर्लाही
सर्लाहीको पर्सा गाउँपालिका ३ नारायणपुर सिमा नाकामा शुक्रबार बिहान भारतीय र सशस्त्र प्रहरीबीच झडपमा हुँदा एक जनाको मुत्यु भएको छ ।
दोहो झडपमापरि सशस्त्रका प्रहरीका ३ जना र भारतीय २ जना नागरिक घाइते भएका छन्।
भारतीय समाचार संस्था एएनआइले सीमा सुरक्षा बलका बिहारका आइजी संजय कुमारलाई उद्धृत गर्दै सशस्त्र प्रहरीको गोली लागेर २५ वर्षीय विकेशकुमारको मृत्यु । जनाएको छ । झडपमा प्रहरीले १५ राउण्ड हवाई फायर गरेको सशस्त्र प्रहरीले जनाएको छ। तर सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी प्रवीणकुमार श्रेष्ठले अहिलेसम्म कसैको मृत्यु भएको जानकारी आइनसकेको बताउनुको भएको छ ।
शुक्रबार बिहानै भारतीयहरु नागरिक जबरजस्ती नेपालतर्फ प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले रोक्न खोजेको थियो। त्यसक्रममा भारतीयहरु नगरिक सशस्त्र प्रहरीमाथि आक्रमणमा उत्रिँदै हतियार खोसेको खुलास गरेको छ । सशस्त्र प्रहरीमाथि कुटपिट गरेको आरोपमा एक जनालाई पक्राउ समेत गरेको छ । झडप भएपछि सीमा क्षेत्रमा अहिले दुवै तर्फबाट सुरक्षाकर्मी व्यापक परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस