नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

फिल्को मिसन

जेठ ३० गते,काठमाण्डौ
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । अर्घाखाँचीको मालारानीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।
नियमित पत्रकार सम्मेलनमा गौतमका अनुसार भारतबाट आएर मालारानी–४ मा रहेको सार्वजनिक आधारभूमि विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।
मृत्यक पुरुषमा स्वासप्रश्वासको समस्या कारणले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइ घर फर्किने क्रममा उनको बुधबार बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जनाकारी दिए । उनको मृत्यु भएसँगै स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस