शुक्रबारमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ८४६ कर्णाली प्रदेशमा

फिल्को मिसन

जेठ ३०गते, सुर्खेत
कर्णाली प्रदेशमा शुक्रबार थप नयाँ ८३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णाली प्रदेशमा कोरोनाभाइरस संक्रमितको संख्या ८४६ पुगेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको पुष्टि गरेको छ । प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोनाभाइस संक्रमण पुष्टि भएको जनाएको छ ।
कर्णाली प्रदेशमा संक्रमितमध्ये नयाँ थप २२ जना निको भएर घर फर्किएका छन भने घर फर्किनेको ८२ जनाको संख्या पुगेको छ ।

प्रतिक्रिया दिनुहोस