शुक्रबार एकैदिन थपिए ४४८ कोरोना संक्रमित, संक्रमितको कुल ५ हजार ६२ नाघ्यो

फिल्को मिसन

जेठ ३० गते, काठमाण्डौं
शुक्रबार एकैदिनमा थप ४ सय ४८ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ६२ नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा २४ महिला र ४२४ पुरुषमा कोरोना संक्रमण देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हिजो चार हजार ६ सय १४ सङ्क्रमित रहेकोमा आज थपिएकासहित ५ हजार ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सङक्रमण पुष्टि भएकामा आज थपिएकासहित ४ हजार ७ सय ९ जना पुरुष र तीन सय ५३ जना महिला रहेका छन् ।
विराटनगर ९ जना,कामाण्डौं १० जना, भरतपुर ८ जना र पाटन एक जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २३, धुलिखेल अस्पतालमा आठ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा आठ जना, प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा ८३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २४ जनामा पोजेटिभ दखिएको छ । । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ सय ४१ जनाको पोजेटिभ आएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ जना, कोशी अस्पतालमा भएको परीक्षणमा १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा ३७ जना र भेरी अञ्चल अस्पताल प्रयोगशालामा १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस