बाहिर रहेका सबै नागरिक उद्धार गर्दै हुम्लाको अदानचुली गाउँपालिका

फिल्को मिसन

 जेष्ठ हुम्ला

पहिलो चरणमा २५० जना आफ्ना नागरिकलाई उद्धार गरेको हुम्लाको अदानचुली गाउँपालिकाले दोस्रो चरणमा ११६ जनालाई उद्धार गरेर घर पु¥याएको छ ।लकडाउन (बन्दाबन्दी) को समयमा घरभन्दा बाहिर अलपत्र परेका अदानचुली गाउँपालिकाले आफ्ना नागरीकलाई दोस्रो चरणमा बाँके बर्दिया र कर्णाली प्रेदश सुर्खेतका नागरीकलाई हुम्ला ल्याएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताउनु भयो ।

भर्खरै राष्ट्रिय सडक सञ्जालमा जोडिएको दुर्गम हिमाली जिल्लाको उक्त गाउँपलिकाले आफ्नै लगानीमा सबै नागरिकलाई गाउँपालिकाको केन्द्र श्रीनगर सम्मै यातायताका साधनमा ल्याइ पु¥याएको छ ।

पहिलो चरणको उद्धारमा प्रदेश नम्बर २, ३,४ र ५ का विभिन्न स्थानमा रहेका नागरिकलाई ५ वटा बसमार्फत उद्धार गरेर गाउँ पु¥याएको थियो भने दोस्रो चरणमा प्रदेश नम्बर ५,६ र ७ नम्बरका नागरिकहरुलाई ३ वटा बसमार्फत श्रीनगर सम्मै ल्याएको गाउँपालिका अध्यक्ष फडेराले बताए ।

गाउँपालिकाकै खर्चमा बर्दियाबाट कालीकोटको जितेगडा सम्म ३ वटा बसहरु रिजर्भ गरेका थियौ ।’ पालिका अध्यक्ष फडेराले थपे, बाटोको समस्याले बस नचल्ने भएपछि कालीकोटको जितेगडाबाट गाउँपालिकाको केन्द्र श्रीनगरसम्म ४ वटा मालबहाक ट्रकमै भएपनि उद्धार गरिएका नागरिकलाई ल्याउने काम भएको छ ।’

गाउँपालिकाले उद्धार गरेर ल्याएका मध्ये अदानचुली–१ का १५, वडा नम्बर २ का २८, वडा नम्बर ३ का ९, वडा नम्बर ४ का ३ जना, वडा नम्बर ५ का १९ जना र वडा नम्बर ६ का १ जना रहेका छन् । यसमा १५ जना सर्केगाड गाउँपालिकाका र १३ जना ताँजाकोठ गाउँपालिकाका गरी १ सय १६ जना आई पुगेका स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिए ।

गाउँपालिकाले प्रदेश नम्बर ५, ७ नम्बर प्रदेशका नागरिकलाई उद्धार गरेर घर पठाउने काममा समन्वय गर्न बाँके बर्दियामा रहेका नागरिकलाइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सदस्य तथा ताँजाकोट गाउँपालिकाका इन्चार्ज रणसिंह परियारको संयोजकत्वमा ८ जना नेता तथा पालिकाका अगुवालाई जिम्मेवा दिएको थियो ।

गाउँपालिकामा आइ पुगेका सबै नागरीकलाई आ आफ्नो वडामा रहेका विद्यालयहरुमा क्वारेन्टिनमा राख्ने गरी प्रत्येक वडामा पठाउने काम भैरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत टकदत्त प्याकुरेलले बताउनु भयो ।

बाँकी रहेका नागरीकलाई के गर्ने भन्ने बिषयमा छलफल गरेर अगाडि बढ्ने अदानचुली गाउँपालिकाका अध्यक्ष फडेराले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस