ताँजाकोट गाउँपालिका आफैँले आज स्वाब संकलन गर्दै

फिल्को मिसन

जेठ ३०गते,हुम्ला
हुम्लाको ताजाँकोट गाउँपालिकाले आफैँले आज स्वाब संकलन गरी रहेको छ ।
ताजाँकोट गाउँपालिकाले आफैँ किट खरिद गरी कोरोना परीक्षणका लागि शुक्रबार स्वाब संकलन शुरु गरेको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताउनु भयो ।स्वास्थ्य परीक्षणविना गाउँपालिका प्रवेश गरेका नागरिकलाई कोरोना परीक्षण गर्न गाउँपालिका आफैँ जुटेको बताएको छ ।

गाउँपालिकाको प्रयासबाट भिटिएम खरिद गरी स्थानीयको स्वाब संकलनको लागि आज बाट ५ वटा केन्द्र राखी स्वाब संकलन गरेको गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले बताए ।
ताजाँकोट गाउँपालिकाले ५सय भिटिएमको स्वाब संकलन गरी आजै ताँजाकोट गाउँपालिकाको गाडिमा आजै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाउने र दुई सय आरडिटी किट खरिद भएकाले यसको परीक्षण पनि तीव्र पारेको जनाएको छ ।
ताँजकोट गाउँपालिकाको ५नम्बर वडाको मदनाको मदनदेब माविमा, वडा नम्बर ४ को गोठेलबाडा,जनप्रकास माबीमा,वडा नम्बर ३ को धर्मोदय माबीमार कुवाडीको माथी लुइयाटा भन्ने ठाउँमा केन्द्र बनाइ स्वाब संकलन गरीरहेका छौ ।
जिल्लामा स्थानीय स्तरबाटै भिटिएम खरिद गरी स्थानीयको स्वाब संकलन गर्ने यो गाउँपालिका पहिलो हो ।

प्रतिक्रिया दिनुहोस