कोरोनामा राजनीति प्रवेश भएको स्वास्थ्यमन्त्री ढकालको टिप्पणी

फिल्को मिसन

जेठ ३० गते, कामाण्र्डौ
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीति प्रवेश भएको टिप्पणी गर्नुभएको छ । आज मन्त्रालयमा कान्ति बाल अस्पतालको ई–टिकेटिङ एप सार्वजनिक गर्दै मन्त्री ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताउनुभएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय सरकारविरुद्ध भइरहेका प्रदर्शनलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतरा बढेको आरोप लगाउनुभयो ।
मन्त्री ढकालले विश्वका अन्य कुनै पनि मुलुकमा राजनीतिक नेतृत्व र सरकारको आलोचनाभन्दा पनि कोरोनाविरुद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भए पनि नेपालमा त्यसो हुन नसकेको बताउनुभयो ।
पछिल्लो एक दुई दिनका घटना हेर्दा नेपालमा कोरोनामा राजनीति प्रवेश भएको देखिएको मन्त्री ढकालले बताउनुभयो । मन्त्री ढकालले ई–टिकेटिङ प्रविधि सुरु भएसागै समयको बचत हुनुका साथै आर्थिक अनियमितताको सम्भावना नहने बताए ।

 

प्रतिक्रिया दिनुहोस