मलेशियाले हज यात्रामा रोक लगायो

फिल्को मिसन

जेठ ३०, २०७७ शुक्रबार
मलेशियाले आफ्ना नागरिकलाई हज यात्रामा रोक लगाएको छ । आगामी जुलाई महिनामा हुने हज यात्रा सुरु हुने भएकाले मलेशियाले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखि आफ्नो नागरिकलाई यात्रामा रोक लगाउने निर्णय गरेको हो । मलेशियाबाट ३० हजार नागरिक साउदी अरबमा हज यात्राका लागि जाने तय गरिएको थियो । यसअघि विश्वकै सबैभन्दा ठूलो मुस्लिम जनसंख्या रहेको इन्डोनेशियाले आफ्नो नागरिकलाई हज यात्रामा रोक लगाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस