नयाँ नक्सा संविधानको पक्षमा पक्षमा मतदान गर्ने जसपाको निर्णय

जेठ ३०, २०७७ शुक्रबार,काठमाण्र्डौ
जनता समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। पार्टीको दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहित शीर्ष नेताहरुको बैठकले नेपालको नयाँ नक्सा निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
जसपाका पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले नेपालको संविधानको अनुसूची(३ संशोधन गर्न संसदमा प्रस्तुत गरिएको ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक’को पक्षमा मतदान गर्ने निर्णय गरेको हो । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय लिएको हो।
समाजवादी पार्टीले संविधान संशोधनको विषयमा सदस्यहरूलाई ह्विप जारी गर्ने तयारी गरेको छ। त्यसका लागि पार्टीले शनिबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक समेत डाकेको छ।