क्वरेण्टीनबाट घर फर्किएका कालिकोटमा एक जनाको मृत्यु

जेठ ३०, २०७७ शुक्रबार
कालिकोटको नरहरिनाथ गाउँपालिकालमा क्वरेण्टीनमा बसेर घर फर्किनु भएका एक जनाको मृत्यु भएको छ । घर फर्किने क्रममा नरहरीनाथ १ का ६० वर्षीय पुरुषको लालीघाटमा मृत्यु भएको डीएसपी श्यामबाबु ओलीयाले बताउनुभयो ।
भारतबाट फर्किनुभएका उहाँको मङ्गलबार मान्ममा आरडीटी जाँच गरिएको थियो । आरडीटी रिपोर्ट नेगेटिभ आएपछि बुधबार उहाँलाई घर पठाइएको थियो । मृतक पुरुष दमको रोगी रहेको महतले बताउनुभयो ।