राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याएको ल्याएको प्रचण्ड

फिल्को मिसन

जेठ ३१, २०७७ शनिबार
काठमाण्डौं
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रको पालामा देशले गुमाएको भूमि गणतन्त्रमा फिर्ता लिने अवसर प्राप्त भएको बताउनुभएको छ ।
नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ माथिको दफावार छलफलमा भाग लिँदै नेकपा अध्यक्ष प्रचण्डले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभाग राजतन्त्रका समयमा गुमेको बताउनु भयो ।
प्रचण्डले सीमा विवादसहित दुई देशबिचको असमान सन्धिहरुबारे पनि भारतले र नेपाल बसेर वार्तामार्फत टुङ्ग्याउनुपर्र्नेे बताए । लिम्पियाधुरा, लिपुलेक सुस्ता र कालापानी, विवादित क्षेत्रभएकोले यिनै विषय वार्तामार्फत समाधान गरौँ भन्ने बिषयामा नेपाल र भारत दुवैले स्वीकार गरिसकेकाले वार्तामार्फत नै समाधान निकाल्नुपर्ने प्रचण्डको भनाइ छ । प्रतिनिधिसभामा संशोधन विधेयकमाथि दफावार छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस