दाङमा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

फिल्को मिसन

३१ जेष्ठ २०७७, शनिबार
दाङमा क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकाको भुटनेटना क्वारेन्टाइनमा बसेका १८ बर्षिय पुरुष व्यक्तिको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख भगत केसीले बताए ।
माण्डवी गाउँपालिका वडा नं.४ आपचौर निवासी ति युवा जेठ ११ गते क्वारेन्टाइनमा बसेका थिए । मृत्यु भएका व्यक्तिको पिसिआर जाँच गरेको रिपोर्ट अझैं आएको छैन् । जेठ २१ गते स्वाव संकलन गरेर परिक्षणको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । तर, अझैं रिपोर्ट आएको छैन् ।
क्वारेन्टाइनमा बसेका युवालाई उल्टी आउने र स्वासप्रस्वासमा समस्या देखिएपछी शनिबार विहान उपचारको लागी अस्पताल लगिएको थियो । तर, जिल्ला स्थित कुनैपनि अस्पतालले क्रिटिकल केश भर्ना नलिने बताएपछी बुटवल लैजाने क्रममा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस