समाजवादी पार्टीको विधान संशोधनको पक्षमा मत हाल्न सांसदहरूलाई ह्विपजारी

फिल्को मिसन

जेठ ३१ गते, काठमाण्डौं
समाजवादी पार्टीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्ने संविधान संशोधनको पक्षमा मत दिन सांसदहरूलाई ह्विप जारी गरेको छ । बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वमा रहेको समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मत दिने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए।
सरकारले लिपुलेक,लिम्पियाधुरा र कालापानी, लाई समेटेर नयाँ नक्सा जारी गरेपछि सोही नक्सा निशान छापमा राख्न संविधान संशोधन बढाएको छ ।
समाजवादी पार्टीकै सांसद सरिता गिरीले सरकारले ल्याएको संविधान संशोधनको विपक्षमा संशोधन दर्ता गराएकी थिइन्। त्यसैले समाजवादी पार्टीले ह्विप जारी गरि दलीय निर्णयको विपक्षमा जाने सांसदहरूलाई राजनीतिक दलसम्बन्धी कानुनमा टेकेर कारबाही बताएको छ ।

प्रतिक्रिया दिनुहोस