दलित घरपरिवार चामल राहत वितरण

फिल्को मिसन

जेठ ३१ गते, काठमाण्डौं
हुम्लाको सिमकोट गाउँपालिका ३नम्बर वडामा रहेका न्युन आयश्रोत भएका दलित घरपरिवार लाई राहत वितरण गरिएको छ ।
तिन नम्बर वडाध्यक्ष ताक्ला जिक्मेत लामाको उपस्थितमा कैलाश बोर्डिङ् स्कुलका प्रिन्सीपल छवाङ् लामाको हातबाट न्युन आयश्रोत भएका बरगाउँका दलित घर परिवारलाई चामल,तेल, चिनी,सावुन वितरण गरेको छ ।
वडा ३ को बरगाउँ, लिमाटाङ्ग, हुटीक तोर्पामा गाउँमा बस्दै आएका ३६ दलित घर परिवारलाई राहत वडाध्यक्ष ताक्ला जिक्मेत लामा मुस्कानले बताए । उहाका अनुसार एक घरपरिवारलाई १५ केजी चामल, आधा लिटर तेल, चिनी र हातमुख धुने सावुन वितरण गरीएको बताउनुु भयो ।
डा. प्रदिप जोशीको आर्थिक सहयोगमा र छवाङ् लामाको पहलमा राहत वितरण गरिएको छ । विहान खाए बेलुकी के खाउँ भन्ने अबस्थामा एक ÷दुई छाक खान ढुक साथ खान पाएको दलजित कामीले बताए ।

प्रतिक्रिया दिनुहोस