कोरोना भाइरस सक्रमणको कारण मृत्यु हुनेको संख्या १८, थपिए २७३ सङ्क्रमित

फिल्को मिसन

जेठ ३१, २०७७ शनिबार
काठमाण्डौ
नेपालमा कोरोना सक्रमणको कारण ज्यान गुमाउनेको सख्या १८ पुगेको छ ।पर्सामा गएको बिहीबार भेटिएको बेबारिसे शवमा र हिजो ज्यान गुमाएका बाराको निजगढका पाँच वर्षीय बालकमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले बताएको छ ।
आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ४७ जना पुरुष र ३६ जना महिला गरी २ सय ७३ जना कोरोनाका नयाँ बिरामी थपिएका मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
आज रौटहतका ९२ जना, सुर्खेतका ४० जना, दैलेखका ३० जना, कपिलवस्तुका २० जना, बाँकेका १८ जना, रोल्पाका १७ जना, सर्लाहीका १३ जना, पर्सा र बर्दियाका ६र६ जना, झापा, रुपन्देही र कपिलवस्तुका ५/५ जना, मोरङ र पर्वतका ४/४ जना, दाङ र गुल्मीका २/२ जना तथा बारा, नवलपरासी पश्चिम र महोत्तरीका १/१ जना गरी दुई सय ७३ जना नयाँ बिरामी थपिएका हुन् ।
नेपालमा ७२ जिल्लाका पाँच हजार तीन सय ३५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । जसमध्ये चार हजार नौ सय ४९ पुरुष र तीन सय ८६ जना महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस