रुकुम चौरजहारी घटनामा वडाध्यक्ष सहित ३२ जनालाई जन्म कैद माग गर्दै मुद्दा दर्ता

फिल्को मिसन

जेठ ३२ गते, पश्चि रुकुम
रूकुम पश्चिम चौरजहारीमा नगरपालिकामा जेठ १० गते ६ जनाको हत्या भएको घटना लाई लिएर वडाध्यक्ष सहित ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्याल रुकुमले घटनाको अनुसन्धान सकिएपछि सरकारी वकिल मार्फत मुद्दा दर्ता भएको हो। उक्त घटनामा ३४ जनाविरुद्ध बिभिन्न ४ वटा कसुरसहित मुद्धा दर्ता भएको जिल्ला अदालत रुकुम पश्चिमका श्रेस्तेदार कृतबहादुर बोहराले बताउनु भयो ।
चौरजहार ८का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रुरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत गरेको भन्दै दर्ता भएको महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए । ३४ अभियुक्तमध्ये २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने ५ जना फरार भएको रुकुम प्रहरीले बताएका छन ।
प्रहरीले मुद्दा दायर गरेकामध्ये नवराजकी प्रेमिका र उनकी आमालाई मतियारको भूमिका खेलेको कसुर लगाइएको छ।

प्रतिक्रिया दिनुहोस