देशको नक्सा पारित एक कदम अगाडि, कालापानीबाट सधैका लागि भारतलाई हटाउ – विप्लव

फिल्को मिसन

जेठ ३२, काठमाण्डौं
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा पारित देशको हितमा एक कदम अगाडि भएको बताएका छन्।
सरकारले अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर देशको हितमा एक कदम अघि बढाको आइतबार विज्ञप्ति मार्फत महासचिव विप्लवले बताएका छन्। भारतले ५८ वर्षदेखि नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी आफ्नो कब्जामा राखेको थियो ।
सिमा मिचीएको बारेमा देशभक्त जनता, बुद्धिजीवी, क्रान्तिकारी शक्तिहरुलले प्रयास बाट नेपालको भूभाग समेटिएको नक्सा संसदबाट पास गर्न बाध्य गराएको छ ।

नक्सा पास गरेर मात्र हुँदैन कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन नेकपा विप्लवले बताए ।

प्रतिक्रिया दिनुहोस