क्वारेन्टाइनमा चरम लापर्बाही,खै कहाँ गयो गाउँपालिकाको रुकम

फिल्को मिसन

असार २ गते, हुम्ला,
सिमकोट गाउँपालिका–५स्थित बालमन्दिर माविको क्वारेन्टाइनमा बसेका मानिसले खाने, बस्ने राम्रो व्यवस्था नगरेको र आफूहरूको आरडीटी परीक्षण समेत नर्भको भन्दै गाउँपालिका कार्यलयमा घेराउ गरेका छन ।
बालमन्दिर माविको क्वारेन्टाइनमा बसेका ६० जनाले असार १ गते बाट सिमकोट गाउँपालिकाको कार्यालयमा धर्ना गर्दै आएको सिमकोट गाउँपालिका–५का स्थानिय बासिन्दा दिपेन्द्र रावतले बताए ।
सिमकोट गाउँपालिकाले कुनै वास्ता नगर्दा हवाई र स्थलमार्गबाट जिल्ला भित्रिएका सिमकोट गाउँपालिका वडा १ देखि ८ सम्मका क्वारेन्टिनमा बसेका नागरिकलाई समस्या भएको छ ।

क्वारेन्टाइन व्यवस्थापनदेखि संक्रमण नियन्त्रणका लागि गाउँपालिकामा आएको लाखौ रकम खर्च भइसकेको विवरण सरकारले सार्वजनिक गरिरहेको छ । तर खर्चअनुसार व्यवस्थापनमा भने तेति गतिलो देखिएको छैन ।
क्वारेन्टाइनमा बसेको ६ दिन वितिसक्यो तर गाउँपालिकाले वास्ता नगरेको सिमकोट तल्लो गाउँका स्थिानीय बासिन्दा धिरेन्द्र रावतले बताए ।
स्थानीयबासिन्दा रावतका अनुसार जेठ ३२ गतेबाट क्वारेन्टाइनमा बसेका लाई स्वास्थ्यमा समस्या भएको बताउनु भयो ।
क्वारेन्टाइनमा बसेका मानिसको हेरचाह, खानपिन र स्वास्थ्य जाँचमा गाउँपालिकाहरुले ध्यान नदिएको भन्दै सातैवटा गाउँपालिका स्थानीय बासिन्दै गुनोसो गरेका छन ।

गाउँपालिका अध्यक्ष पदबहादुर लामाले प्रदेश सरकारले दिएको १५ लाखमात्रै रकम आएको तर पहिला क्वारेन्टाइनमा बसेकाहरु लाई खर्च भईसकेकोले गाउँपालिका बजेट नभएपछि थप समस्या भएको बताए ।
असक्षम स्वास्थ्यकर्मी बाट पिसिआर परिक्षणमा गरिनु, कुएको चामले,खानेपानी,शौचालय व्यवस्था नभएको र क्वारेन्टाइन लाई बसेकोहरु लाई पशुसहर व्यवाहर गरेको भन्दै हामीहरले बाध्या भएर गाउँपालिकका लाई सेवा सुविधाको माग गरेको स्थानीयबासिन्दा रावतले बताए ।
यतिखेर संघ, प्रदेशबाट आएको रकम र गाउँपालिकाले छुट्टैछुटाएको बजेट नपुगे पछि जनप्रतिनिधीले
व्यस्था गर्ननसकिएको स्विकार गरेका छन ।

प्रतिक्रिया दिनुहोस