हुम्लाको उत्तरी नाम्खाको हिल्सामा  पहिलो पटक बिओपी स्थापन 

फिल्को मिसन

शनिबार, आषाढ ०६, २०७७,हुम्ला

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा पहिलो पटक सशस्त्र प्रहरी बलको बोर्डर आउट (बिओपी) स्थापना भएको छ । चिनसंग जोडिएका उतरी सिमाना  लाई सशस्त्र  प्रहरी परिचालन गरी सीमा सुरक्षा  दिने भएको छ ।

केही दिन अगाडी मात्रै चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट गर्नका लागी सशस्त्रको टोली हिल्सामा पुगेको थियो ।

जिल्ला सुरुक्षा समितीका अध्यक्ष तथा  प्रमुख जिल्लाअधिकारी चिरनजीवी गिरीको नेतूत्वमा डिआईजी सशस्त्रका इन्जिीनीयर प्रताव बाबु श्रेष्ठले  पहिलो पटक हुम्लाको सिमाना  हिल्सामा सशस्त्र प्रहरीको बिओपी स्थापना गरीएको हुम्लाका सशस्त्र प्रहरीका प्रमुख मोहन विष्टले बताए ।

डिआईजी इन्जिनीयर श्रेष्ठ हुम्ला पुगेर चीन सँग सिमा जोडिएको हिल्सा नाकामा २५ जना सशस्त्र प्रहरी रहने गरी (बिओपी) स्थापना गरीएको हुम्लाका प्रमुख श्रेष्ठले जानकारी बताउनु भयो ।

सशस्त्रको ४४ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक विष्टको नेतृत्वमा दश जनाको टोली हिउँले ढाकिएको चार हजार मिटर अग्लो नारा लेक छिचोलेर जेष्ठ महिनामा हिल्सा पुगेको थियो ।

टोलीले घर भाडामा लिनेदेखि अन्य व्यवस्थापनका काम सकेपछि आज (बिओपी) स्थापना गरीएको हो । हिल्साको (बिओपी) मा इन्स्पेक्टरको नेतृत्वमा २५ जनाको टोली खटिएको छ । गत वर्ष नै निर्णय भएको भए पनि हिल्सामा बिओपी स्थापना हुन सकेको थिएन ।

बिओपी स्थापना भएसँगै सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी पैठारी नियन्त्रण गर्न थप बल पुग्नुका साथै त्यस क्षेत्रका नागरिकको सुरक्षाको भएको जनाइएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस