विश्वभर ८९ लाख १४ हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण

फिल्को मिसन

असार ७ , २०७७, सिमकोट
विश्वभर कोरोना भाइरस अर्थात कोभिड १९ का कारण ८९ लाख १४ हजारभन्दा धेरै मानिस संक्रमित भएका छन् । पछिल्लो तथ्यांक अनुसार ८९ लाख १४ हजार ८ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४७ लाख ३८ हजार ५ सय ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४ लाख ६६ हजार ७ सय १८ जनाको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस