सी फुडबाट यसरी भित्रियो चीनमा कोरोना भाइरस् 

फिल्को मिसन

आइतवार, असार ७, २०७७एजेन्सी

विश्व समुदयलाई नै आतन्त्रीक बनाएको कोरोना भाइरस ९कोभिड–१९० को बारेमा अहिलेपनि विभिन्न अध्ययन अनुसन्धान भैरहेकाछन् ।

लामो समय यसको खोप तथा औषधी पत्ता लगाउन विश्व समुदाय नै लागेपनि खासै परिणाममुखि उपलब्धी हाँसिल गर्न नसकिएपछि यसको शुरुवात र प्रभावका बारेमा अनेन टिकाटिप्पणी उठ्ने गरेका छन् ।

चीनका प्रमुख महामारी रोग विशेषज्ञ डा। ली लानजुआनले माइनस २० डिग्री सेल्सियस तापक्रममा कोरोना भाइरस २० वर्षसम्म रहन सक्ने बताएका छन् । माइनस ४ डिग्री तापक्रममा केही महिनासम्म रहनसक्ने अध्ययनको निष्कर्ष छ ।

चीनको मुखपत्र मानिने ग्लोबल टाइम्स पत्रिकाले चिसो बढ्दै गएपछि कोरोनाको आयु पनि उत्तिकै बढ्दै जाने उल्लेख गरेको छ । त्यसै कारणले कोरोना भाइरस एक देशबाट अर्को देशमा पुगिरहेको छ । चिसोमा लामो समयसम्म बाँच्ने भएकाले चीनका विभिन्न सी फुड मार्केटमा कोरोना भाइरस पटक पटक फेला परेको छ । पछिल्लो संक्रमणको कारणका रुपमा पनि यहीँ विषयलाई लिइएको छ ।

चिनियाँ सञ्चारमाध्यमले महामारी रोग विशेषज्ञलाई उदृतगर्दै फ्रोजेन फुडमा दूरी कायम गर्न आग्रह गरिरहेका छन् । शुक्रबार अण्डरग्राउण्ड सी फुड मार्केटबाट लिइएका २ सय स्याम्पलमध्ये कयौँमा कोरोना भाइरसको संक्रमण पाइएको थियो । त्यसैले विभिन्न देशबाट सी फुडको माध्यमबाट कोरोना भाइरस भित्रिएको वैज्ञानिकको दावी छ ।

चीनका विभिन्न ठाउँमा गरिएको सी फुडको आयातमा पनि कोरोना भित्रिएको अनुमान गरिएको छ । सालमोन ल्याएको बोर्डमा पनि कोरोना भाइरस फेला परेको थियो । केही समयसम्म सालमोन बिक्री पनि रोक लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस