आईतबार यस्तो देखियो सूर्यग्रहण, तस्विरमा हेर्नुहोस्

फिल्को मिसन

असार ७, २०७७, काठमाण्डौं
बिहान १० बजेर ५० मिनेटबाट सुरु भएको सूर्यग्रहण अपरान्ह २ बजेर २३ मिनेटमा सकिएको छ । ३ घण्टा ३३ मिनेट अवधिको देखिने ग्रहण विश्वका विभिन्न मुलुकबाट सूर्यग्रहण देखिएको छ । नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखियोकोे नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

SRI LANKA-ASTRONOMY-ECLIPSE

 

काठमाडौं उपत्यकाबाट ८८ प्रतिशत सम्म सूर्य ढाकिएको र नेपालको पश्चिमी भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशत सूर्य ढाकिएकोे खगोलविद्हरुले बताएका छन् । खगोलविद्हरुका अनुसार दिउसो १२ बजेर ३८ मिनेटमा काठमाडौंबाट करिब ८८ प्रतिशत सूर्य ढाकिएको थियो ।उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हने बताइएको छ ।
धार्मिक मान्यता अनुसार सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि र मकर राशि भएका मानिसहरुले हेर्न सकने छन भने अन्य राशि भएकाले हेर्दा अशुभ हुने छ । तर खगोलविद्हरुले भने सूर्यग्रहण कसैले पनि सिधा हेर्न नहुने र सुरक्षित तरिका अपनाएर हेर्न हुने बताउँछन् ।नेपाल र                                                                भारतबाट देखिएको सूर्यग्रहण  एजेन्सी

प्रतिक्रिया दिनुहोस