आइतवार थपिए ४२१ जना कोरोना संक्रमित, संक्रमितीको संख्या ९ हजार र मृत्यृ संख्या २३ नाघ्यो

फिल्को मिसन

असार ७, २०७७ काठमाडौं
आइतबार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले थपिएका ४२१ जना सँगै कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको जानकारी दिएका छन । जसमा ८२० महिला र ८ हजार २०६ जना पुरुष रहेका छन् ।

आइतवार थपिएका नयाँ संक्रमितहरुमा ६४ जना महिला र ३५७ जना पुरुष रहेका छन्। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो पटक गुल्मीको छत्रकोटका १जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनी प्यारालाइसिसका रोगी थिए। भारतमा उपचार गरेर जेठ २५ गते फर्किएका उनी होम क्वारेन्टाइनमै रहेका बेला ज्यान गएको हो। गौतमका अनुसार आइतवारसम्म देशभरका ७५ जिल्लामा संक्रमण फैलिएको छ।
पछिल्लो पटक हिमालपारिको जिल्ला मुस्ताङमा एकजना ८६ वर्षीय वृद्धमा कोरोना देखिएको छ। उनी काठमाडौंबाट मुस्ताङ पुगेर क्वारेन्टाइनमा बसिरहेका थिए। अहिलेसम्म देशभर भेटिएका ९ हजार २६ जना संक्रमितमध्ये ८सय २० जना महिला र ८ हजार २ सय ६ जना पुरुष रहेका छन्। हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस