चैतयतादेखि जेठ सम्मको शुल्क बुझाउन अभिभावकलाई निजी विद्यालयको उर्दी

फिल्को मिसन

असार ७, २०७७ काठमाण्डौं
कोरोना भाइरसको महामारीको फैलिरएको वेला निजी विद्यालयहरुले शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन् ।
तीन महिनादेखि शिक्षक कर्मचारीलाई तलब खाना पाएकोे, घर भाडा बुझाउन समस्या भएको, बैंकको ब्याज तिर्न समस्या भएको र सरकारले कर छुट समेत नदिएको भन्दै अभिभावक लाई शुल्क बुझाउन आग्रह गरेको प्याब्सनका अध्यक्ष टिकाराम पुरीले बताउनु भयो ।
निजी विद्यालयका दुई ठूला छाता सङ्गठन प्याब्सन र नेशनल प्याब्सनले विज्ञप्तिमार्फत विद्यालय बन्द भए पनि शुल्क बुझाउन आग्रह गरेका छन ।

चैतयता एक महिनाको शुल्क छुट दिने तर अरु शुल्क बुझाएर सहयोग गरिदिन अभिभावकलाई आग्रह गरिएको उहाँले बताउनुभयो । अहिले शुल्क नदिए निजी विद्यालय बन्द हुने अवस्थमा पुग्ने प्याब्सन र एनप्याब्सनको भनाइ छ ।
लकडाउनको बेला पनि इन्टरनेटको माध्यमबाट अनलाइन कक्षा सुरु गरेको, रेडियो, टीभी लगायतका सञ्चारमाध्यमबाट पढाएकोले पनि खर्च भएको दाबी गरेका छन् । आम्दानीको एकमात्र बाटो शुल्क नै रहेको र शुल्क उठाउन नपाउँदा निजी विद्यालय सङ्कटमा रहेको प्याब्सन, एनप्याब्सनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस