सामाजिक दुरी कायम गरी अमरज्योति माविमा पठनपाठन सुरु

फिल्को मिसन

असार ८,२०७७, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ मा रहेको अमरज्योती माध्यामिक विद्यालयले लकडाउनकाबिच पठनपाठन शुरु गरेको छ । सामाजिक दुरी कायम गरी स्वास्थ्य सावधानीसहित लामो समयदेखि बन्द पठपाठनलाई शुरु गरेको विद्यालयले जनाएको छ । कोरोना भाइरस संक्रमणपछिको लकडाउनका कारण चैत ४ गतेदेखि लगातार शैक्षिक संस्थाहरू बन्द छन् । तर विद्यालयले भने विद्यार्थीहरूलाई विद्यालयमा नै उपस्थित गराएर पठनपाठन शुरु गरेको प्रधानध्यापक खगेन्द्र थापाले बताउनुभयो ।
असार १ गतेदेखि सरकारले बैकल्पिक शिक्षाको सुरुवात गरेको भएपनि त्यसको प्रभावकारिता नभएको भन्दै विद्यार्थीहरुलाई विद्यालयमै उपस्थित गराएर स्वास्थ्य सावधानीसहित पठपाठन शुरु गरिएको उहाँले बताउनुभयो ।
७० जना क्षमताको कक्षा कोठामा २० जना मात्रै राखिएको प्रधानाध्यापक थापाले बताए उनले भने, ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशिकाबमोजिम नै पठनपाठन सञ्चालन गरेका छौँ, दैनिक बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा सबै कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।
हिजो आइतबार विद्यालयमा कक्षा ७ का २० जना विद्यार्थी उपस्थित भएको भन्दै उहाँले अब कक्षा ८, ९ र १० का कक्षा पनि सञ्चालन गर्ने तयारी भएको जानकारी दिनुभयो । एउटा बेन्चमा करिब २ मिटरको दुरी हुनेगरी विद्यार्थीहरूलाई बस्ने व्यवस्था गरिएको छ भने मास्क, सेनिटाइजरको समेत प्रयोगलाई अनिवार्य सुर्खेतको अमरज्योति माविमा सामाजिक दुरी कायम गरी पठनपाठन सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस