कर्णालीका चिकित्सकको अनुरोध,फोनबाटै सानोतिनो समस्याहरु हल हुन्छ

असार ८, २०७७ सुर्खेत
कर्णाली प्रदेश अस्पतालका कार्यरत डाक्टरहरुले साना तिना समस्याहरु भए फोनबाट जानकारी लिन आग्रह गरेका छन् ।
कर्णालीमा कोरोना भाइरसका संक्रमितहरु भारतबाट आएका व्याक्तिहरुमा मात्रै संक्रमण देखिएको भएपनि अहिले गाउँस्तरमा फैलिसकेको हुनाले सामान्या विरामी अस्पताल आउनु नपर्ने घरमै सुरक्षितसाथ बस्ने लागि चिकित्सकहरुले सुझाव दिएका हुन् ।
छिमेकी मुलुक भारत र अन्य मुलक बाट आउने दाजुभाईहरुले यसलाई गम्भिर ढंगले नलिएको हचुवाभरुमा लिएकोले आज कोरोना भाइसर समाजमा फैलिन प्रदेश अस्पतालमा कार्यरत बालरोग विषशेज्ञ डाक्टर नवराज केसीले भन्नु भयो ।
कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीहरुमा कोरोना पोजेटिभ देखिएको छ ।
एउटा सिटामोल लिनको लागि अस्पताल पुग्नुभन्दा सानो तिनो समस्यो यो बेला घरमै बसेर पनि उपचार विधि अपनाएर गर्दा राम्रो हुने चिकित्सकहरुको बताए ।
कम्तिमा २ मिटरको दुरी कायम गरी मास्क लगाएर हिड्दा राम्रो हुने कर्णाली प्रदेश अस्पताल कोरोना फोकल पर्सन डाक्टर के.एन. पौडेल आग्रह गरेका छन ।