हुम्लाका १ जना सहित कर्णाली प्रदेशमा २६ जना कोरोना संक्रमित, संक्रमितको संख्या १२८२ पुग्यो

असार ८, २०७७ सुर्खेत
हुम्लाका १ जना सहित कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा सोमबार २६ जनामा नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २६ जना नयाँ संक्रमित फेला परेका हुन् । कर्णालीका यो सँगै कोरोना संक्रमितको संख्या १२८२ पुगेको छ ।
प्रदेश अस्पतालरपशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत १८ जना, सल्यानका ४ जना, दैलेखका ३ जना र हुम्लाका ताँजाकोट गाउँपालिका वडा ६ का १ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्र्तगतको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । सुर्खेत बस्दै आएका उनीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसै गरि रुकुमपश्चिको चौरजहारी अस्पतालबाट ९ जना पुरुष, सुर्खेतको सालकोट आईसोलेसनबाट ६ जना ९५ जना पुरुष, १ जना महिला र मेहलकुना अस्पताल सुर्खेतबाट ५ जना ९२ पुरुष र ३ जना महिलाले गरी २० जनाले कोरोना संक्रमण जितेको डा. तिवारीले जानकारी दिए । यो सँगै कर्णालीमा कोरोना जित्नेको संख्या ५ सय ५१ पुगेको छ ।