खार्पुनाथ गाउँपालिकामा एक जना युुवा लाई आरडिटी चेक गर्दा पोजेटिभ

फिल्को मिसन

८ असार, २०७७ सोमबार
हुम्लाको खार्पुनाथ गाउपालिका एक जना युवा लाई आरडिटी पोजेटिभ देखिको छ ।
खार्पुनाथ गाउँपालिका ४ सिता माविको क्वारेन्टिनमा बसेका १७ वर्षे युवा लाई दुई पटक आरडिटी चेकजाँच गर्दा नतिजा पोजेटिभ देखिँएको गाउँपालिका अध्यक्ष कर्ण रावलले बताए ।
काठमाडौं,नेपालगन्ज, सुर्खेत ,कालीकोट, जुम्ला, मुगु हुँदै १२ दिन लगाएर खार्पुनाथ गाँउपालिका सिता माविको क्वारेन्टिनमा बसेका थिए ।
आरडिटि चेकजाँच गर्दा तियुवाको परिक्षण नतिजा पोजेटिभ देखिएको पछि पुनः दोहोयाएर जाँच्दा पोजेटिभ आएको गाउँपालिका अध्यक्ष रावले बताउनु भयो । तत्काल क्वारेन्टिन स्थल शिल गरिएको गाउँपालिका अध्यक्ष रावलले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय सिमकोटबाट स्वास्थ्यकर्मीको टोली र पिसिआर कीट सहित जाँचका लागि सिता माविको क्वारेन्टिनमा गएको र ३२ जनाको स्वाब संकलन गरिएको अध्यक्ष रावलले बताए ।

प्रतिक्रिया दिनुहोस