कोरोना भाइरसका कारण एकैदिन धेरै नयाँ संक्रमित फेला

फिल्को मिसन

८,असार,२०७७
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण एकैदिन हालसम्मकै धेरै नयाँ संक्रमित फेला परेको बताएको छ । हिजो एकैदिन विश्वभर कोरोना भाइरसका कारण एक लाख ८३ हजार नयाँ संक्रमितहरु थपिएको संगठनले जनाएको छ । जसमा ६० प्रतिशत संक्रमित उत्तरी र दक्षिणी अमेरिकाका छन् । अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित बनेको छ । अमेरिकामा मात्रै हालसम्म २२ लाख ७९ हजारभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् भने एक लाख २२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । ब्राजिल विश्वको दोस्रो प्रभावित मुलुक हो । जहाँ हालसम्म ११ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना महामारीकाबीच विभिन्न मुलुकले बन्दाबन्दीलाई खुकुलो बनाउँदै गएको र भौतिक दुरी कायम नगर्दा संक्रमणको दरमा तीव्रता आएको भन्दै चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस