देशभर ४ हजार भन्दा बढि विद्यालयमा क्वारेन्टाइन

फिल्को मिसन

९ असार २०७७, मंगलवार
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेपछि मुलुकभरका ४ हजार ५सय विद्यालय क्वारेन्टाइनका सञ्चालन भएका छन । दुई सातामा देशभर १ हजार ५ सय विद्यालयमा क्वारेन्टाइन सञ्चालनमा आएका छन । जेठ २१ गते ३ हजार १ सय ९४ विद्यालयमा क्वारेन्टाइन राखिएको थियो भने दुई यो सातामा ४ हजार ५ पुगेको छ ।
सात प्रदेशको सामाजिक विकास मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांक अनुसार २ सातामा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा १ हजार ८ सय १३ पुगेको छ ।
सरकारले विद्यालय सञ्चालन गर्ने तयारी गरिरहँदा विद्यालयमा क्वारेन्टाइनको संख्या बढ्न थालेपछि तत्काल कक्षा सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णयमा पुगेको छैन।
सातै प्रदेशको सामाजिक विकास मन्त्रालय र केन्द्रले हरेक सातामा बस्ने बैठकले शिक्षाको पछिल्लो एक साताको विश्लेषण गरी मन्त्रालयलाई जानकारी दिने गरेको छ । असार ५ गतेसम्मको तथ्यांकअनुसार प्रदेश १ मा २ सय २४, २ मा ४ सय ३८, वागमतीमा २ सय ३०, गण्डकीमा ३ सय ८७, प्रदेश ५ मा ८ सय ७२, कर्णालीमा ५ सय ३३ र सुदूरपश्चिम १ हजार ८ सय ३३ विद्यालमा क्वारेन्टाइन बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस