कर्णाली प्रदेशमा १ जनाको मृत्यु, कोरोनाभाइरस बाट मृत्यु हुनेको संख्या २४ पुग्यो

९ असार, २०७७ सुर्खेत
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।दैलेखका एक ४५ वर्षिय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको हो ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारत दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको सोमबार राति साढे ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले उनी क्षयरोग र दमको विरामी समेत रहेको बताए । गएको असार ३ गते प्रदेश अस्पतालमा भर्ना भएका मृतकका कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो, उनले भने, कोरोना विशेष अस्पतालमा उपचार भइरहेको थियो, सोमबार मृत्यु भएको हो ।