चीनद्धारा ३३ हेक्टर जग्गा कब्जा गरेको बारेमा काँग्रेसले माग्यो सरकारसँग जवाफ

फिल्को मिसन

९असार २०७७ ,काठमाण्डौं
दक्षिण छिमेकी देश भारत मात्र होइन उतरी छिमेकी देश चिनले पनि नेपालका कैयौ सिमाना मिचेको खलासा गरेका छन । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३३ हेक्टर जग्गा चीनद्वारा कब्जा गरिएको बताएका छन । उपसभापति निधिले नेपालमाथि चीनलेको गतिविधिबारे सरकारको जवाफ माग गरेका छन् ।
चिनियाँ गतिविधिले हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३३ हेक्टर जग्गा चीनद्वारा कब्जा, गोरखाको रुई गाउँ कब्जा, कोरोनाबारे सहयोग र चिनिया भाषा पढाउने नाउमा चिनियाँ सेना आउने र चिनिया पार्टीले तालिम दिएको खै त सरकारले यसबारेमा बोलेको, उपसभापति निधिले आक्रोश पोखेका छन ।
चीनियाँ कम्युनिस्ट नेताहरू नेपालको सत्तारुढ दललाई प्रशिक्षण दिने र आन्तरिक झगडा मिलाउने गरेको तितोसत्य ताज छ , त्यसतर्फ गम्भीर बन्न नेकपाको ध्यानाकर्षण गराएका थिए । उतरी चिनसंग जोडिएका सिमानाहरु मिज्दै आएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस