शाहीको पहलमा हुम्लाका सातैवटा गाउँपालिकामा स्वास्थ्य सामाग्री

फिल्को मिसन

९ असार २०७७, हुम्ला
खार्पुनाथ गाउँपालिका ५का स्थानीय बासिन्दा देबेन्द्र बहादुर शाहीको पहलमा हुम्लाका सातैवटा गाउँपालिका लाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । सहयोग गरिएका स्वाथ्य सामग्रीहरु ३० थान पीपीईसेट, १ हजार थान सर्जिकल मास्क, ३० थान फेसेल सिट र ७०र७० थान साबुन छ ।
उक्त स्वास्थ्य सामाग्रीहरु प्रारम्भ सामाजिक सस्था, राष्टिय आविष्कार केन्द्र, छेवाड लामा, चन्दु थापा, राकेश शाही, श्रीजेश गौतम, ज्ञानेंद्र खडका लिलाराम र सिंगापुर निवासी जÞ्हेंग लिनत्ते लगायतका व्यक्तिहरुले सहयोग गरेको शाहीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस